Logo

कोरोना बीमा दावी भुक्तानी ७ दिनभित्रै गर्न बीमा समितिको निर्देशन

कोरोना बीमा दावी भुक्तानी ७ दिनभित्रै गर्न बीमा समितिको निर्देशन



काठमाडौं । बीमा क्षेत्रको नियामकीय निकाय बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी ७ दिनभित्रै दिन निर्देशन दिएको छ । समितिले मंगलबार सबै बीमा कम्पनीहरुलाई बीमा दावी भुक्तानी गर्न ढिलाई नहुनेगरी ७ दिनभित्रै गर्न निर्देशन दिएको हो ।

laxmi

पछिल्लो समय बीमा दावी भुक्तानीको समयकै बारेमा धेरैजसो गुनासो आउन थालेपछि यस्तो निर्देशन दिएको समितिले जानकारी दिएको छ । समितिका अनुसार धेरै गुनासो आउन थालेपछि सम्पुर्ण कागजात पुरा भएका दावीलाई चाँडोभन्दा चाँडो भुक्तानी गर्न निर्देशन दिईएको हो ।

समितिले ५ सय र १ हजार रुपैयाँ बीमाशुल्क तिरेर ५० हजार र १ लाख रुपैयाँको बीमा गर्न सकिने सुविधा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL