काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघ इतिहासमै सबैभन्दा कठिन समयमा आफुले नेतृत्व लिन लागेको भन्दै त्यसलाई सफल बनाउन आफुले रोजेको टीमलाई जिताउन आग्रह गरेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान प्यालको उम्मेदवारी घोषणा तथा मनोनयन दर्ता कार्यक्रममा बोल्दै आफ्नो कार्यकाल सफल पार्नका लागि प्रधान प्यानललाई जिताउन आग्रह गरेका हुन्…