Logo

नयाँ बजेट : कृषि बीमा प्रिमियम अनुदान बढ्यो, अब कृषकले ८० प्रतिशत रकम पाउने

काठमाडौं । सरकारले कृषकहरुले कृषि बीमा प्रिमियम वापत पाउँदै आएको अनुदान रकम वद्धि गरेको छ । कांग्रेस माओवादी संयुक्त गठबन्धन सरकारले आज प्रतिस्थापन बजेट ल्याउँदै बीमा कृषि बीमा प्रिमियम रकम ८० प्रतिशत पुर्याएको हो । यसअघि यस्तो बीमा प्रिमियम अनुदान रकम ५० प्रतिशत रहेको थियो ।