Logo

सिटिजन्स बैंक र ग्रोडेलीबीच सहकार्य, बैंकको मोबाइल बैंकिङबाटै किराना सामान खरिद गर्न सकिने

सिटिजन्स बैंक र ग्रोडेलीबीच सहकार्य, बैंकको मोबाइल बैंकिङबाटै किराना सामान खरिद गर्न सकिने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्रोडेलीबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरूलाई विशेष छुट दिने गरी उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर भएका हो ।

नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रबद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरूले ग्रोडेली मार्पmत अनलाइन अर्डर गरी क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङमा दर्ता नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, डेबिट कार्ड को लागी आवेदन र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ८३ वटा शाखा, १ सय १७ वटा एटिएम र १ सय ११ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL