Logo

संसदमा अर्थमन्त्री माथि आरोप : कसको स्वार्थमा सेयर बजार बढाउन गभर्नरलाई फोन गर्दै हुनुहुन्छ ? तपाईको जिम्मेवारी के ?

संसदमा अर्थमन्त्री माथि आरोप : कसको स्वार्थमा सेयर बजार बढाउन गभर्नरलाई फोन गर्दै हुनुहुन्छ ? तपाईको जिम्मेवारी के ?



काठमाडौं । पछिल्लो सयम सेयर बजार बढाउन अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी बजार घटिरहेको विषयमा चासो लिएको सन्दर्भमा संसदमा सांसदहरुले प्रश्न उठाएका छन् । अर्थमन्त्री शर्माले लाखौ जनताको स्वार्थभन्दा पनि निश्चित व्यक्तिको स्वार्थका लागि सेयर बजारमा चलखेल गरी मुल्य बढाउन लागेको भन्दै संसदमा सांसद प्रेम सुवालले उनी माथि आर्थिक चलखेलको आरोप लगाएका थिए ।

laxmi

‘केही समय अघि अर्थमन्त्री स्वयंमले सेयर बजारमा ३७ लाख जनता आवद्ध रहेको उनीहरुको हितमा काम गर्ने बताएका थिए,’ संसदमा सांसद सुवालले भने, ‘तर पछिल्लो समय बजार घट्दा १ सय जना लगानीकर्ता फाइदा पुग्ने गरी गभर्नरलाई फोन गरेर बजार बढाउन निर्देशन दिनुभयो, तपाई कसको इसारामा चल्दै हुनुहुन्छ ?’ साथै अर्थमन्त्रीले सिमित व्यक्तिको स्वार्थमा केन्द्रित भएर बजार घटाउने र बढाउने काममा सक्रिय भएको समेत संसद सुवालको आरोप थियो ।

साथै सांसद सुवालले सेयर बजार घटवढको विषयमा गभर्नरलाई फोन गरेर कुनै निर्देशन दिन नमिल्ने समेत उनको तर्क थियो । पुँजी बजारमा ३७ लाख भन्दा बढि जनता रहेको अबका दिनमा सरकारले उनीहरुको हितमा काम गर्नुपर्ने उनको भनाई थियो । पछिल्लो समय दिपेन्द्र अग्रवाल लगायतका समुहले राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा १२ करोड रुपैयाँ झारेसँगै बजारमा असर परेको भन्दै आन्दोलन शुरु गरेका थिए । त्यसलगत्तै अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई फोन गरी पुँजी बजारका विषयमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका थिए । सोही अनुरुप अर्थमन्त्रीको सचिवालयले नै अर्थमन्त्री स्वमले नै बजार घटिरहेको विषयमा चासो लिँदै समस्या समाधान गरिदिन गभर्नरलाई फोनमार्फत आग्रह गरेको भन्दै विज्ञप्ती जारी गरेको थियो ।

तर शुक्रबार (आज) संसदमा बोल्दै अर्थमन्त्री शर्माले सेयर बजारको विषयमा आफुले गभर्नरलाई फोन गरेर कुनै पनि कुरा नभनेको बताएका छन् । हाल सेयर बजारमा भएको गतिविधिको छानविन गर्न पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायीक समिति बनेको भन्दै यस विषयमा आफुले नबोल्ने बताएका थिए ।

राष्ट्र बैंकको ल्याएको सेयर कर्जाको सीमा भन्दा बढि अर्थात १२ बरोड रुपैयाँभन्दा बढि मार्जिक कर्जा १६२ जनाले मात्रै लिएका छन् । तसर्थ उक्त नीति लाखो लगानीकर्ताको हितअनुरुप भएको सम्बद्ध सरोकारावालाहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL