Logo

लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता, विदेशबाट रेमिटान्स पठाउन सजिलो

लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता, विदेशबाट रेमिटान्स पठाउन सजिलो



काठमाडौं । लुम्बिनी विकास बैंक र रेमिट टू नेपाल प्रालिबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

laxmi

सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले रेमिट टू नेपाल प्रालिको नेपाल अधिराज्यभरका सम्पुर्ण एजेन्सिहरु मार्फत भुक्तनी लिन सक्नेछन् । साथै स्वदेश तथा विदेशबाट रेमिट टू नेपाल मार्फंत पठाएको पैसा ग्राहकहरmले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र रेमिट टू नेपाल प्रालिको तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले संयुक्त रुपमा हस्ताक्षर गरे ।

उक्त सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् । ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले देशभर ७२ शाखा र १७ वटा एटिएमका साथै विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा र एबीबीएस, मोबाईल बैंकिङ, एटीएम लकरलगायतका बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण एवं परिमार्जन गर्दै आफ्ना करीव २ लाख ७४ हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL