Logo

फोहोर लैजाने बाटोमा स्थानीयको अवरोध, उपत्यकामा फैलियो दुर्गन्ध

काठमाडौं । स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाको फोहर उठाउन सकिएको छैन । ९ दिनसम्म फोहर उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएका छन् । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहर उठाउन नसकिएको हो…