Logo

डिजिस्टोरको चौथो आउटलेट सुकेधारामा, विभिन्न ब्राण्डका सामग्री उपलब्ध

डिजिस्टोरको चौथो आउटलेट सुकेधारामा, विभिन्न ब्राण्डका सामग्री उपलब्ध



काठमाडौं । हाइटेक इन्जिनियरिङ प्रालिले काठमाडौँमा डिजिस्टोरको दोस्रो मल्टिब्राण्ड स्टोर सुरुवात गरेको छ । आइतबार काठमाडौँको सुकेधारामा सूचना प्रविधि तथा लाइफस्टाइलका विभिन्न प्रडक्टहरु उपलब्ध गराउने गरी स्टोरको सुरुवात गरेको हो । कम्पनीले यसअघि बालुवाटरमा स्टोर सञ्चालनमा ल्याएको थियो ।

यसैगरी विराटनगरमा यसअघि नै दुई स्टोरहरु सञ्चालनमा रहेका छन् । सुकेधारमा डिजिस्टोर आउटलेट सुरु गर्दै कम्पनीका अध्यक्ष अरुण वंशलले कोभिड–१९ को कारण केही ढिलोगरी स्टोर सुरु गरिएको तर अबको ६ महिनामा काठमाडौँका ६ स्थानमा स्टोर सञ्चालनमा आउने बताएका छन् ।

काठमाडौँ बाहिर धरानमा यसै महिना डिजिस्टोर सञ्चालन हुने उनले जानकारी दिए । कम्पनीले विगत २५ वर्षदेखि डिजिकम ब्राण्डका प्रडक्टहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ । नेपाली ब्राण्डको रुपमा स्थापित डिजिकमका राउटर, सिसि क्यामेरा, एसी, एक्सेसरिज र अन्य आइटीका प्रडक्टहरु नेपाली बजारमा उपलब्ध छन् ।

यसैगरी कम्पनीले इन्नोभेटिभ र लाइफस्टाइल प्रडक्टहरु विस्तार गरिरहेको छ । डिजिस्टोरमा डिजिकम वाहेक अन्य ब्राण्डहरु प्रडक्ट, मोवाइल एसेसरिज, ल्यापटप लगायतका दर्जनौँ प्रडक्टहरु उपलब्ध रहेका छन् । यसैगरी कम्पनीले होम एप्लायन्सेसका प्रडक्टहरु पनि उपलब्ध गराउने जनाएको छ ।

डिजिटल र अन्य प्रडक्टसहितको डिजिस्टोर एक आधुनिक स्टोर हो, जहाँँ सामान किन्नमात्रै नभएर वास्तविक रुपमा प्रविधिका नयाँ प्रडक्टबारे अपडेट पनि लिन सकिन्छ । स्टोरका सामान डिजिस्टोर डटकम डटएनपी मार्फत पनि अर्डर गर्न सकिनेछ । डिजिस्टोरलाई देशैभरी सेवा विस्तार गर्नेगरी काम गरिरहेको कम्पनीका अध्यक्ष बंशलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL