Logo

ज्याेति लाइफको ‘ज्योतिबोट’, अझ प्रभावकारी संस्करणमा

ज्याेति लाइफको ‘ज्योतिबोट’, अझ प्रभावकारी संस्करणमा



काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आम सेवाग्राहीलाई अनलाइन जानकारी दिन ‘ज्योतिबोट’लाई अझ बढी गुणस्तरीय र प्रभावकारी बनाएर सञ्चालनमा ल्याएको छ ।

ज्योतिबोट कार्यन्वयनमा ल्याएपछि कम्पनीका कर्मचारीले भौतिक रुपमा प्रतिक्रिया दिने क्रम दिनानुदिन घट्दै गएको तथ्य सार्वजनिक गर्दै, प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधासहित च्याटबटमा ल्याइएको प्रविधिमैत्री परिमार्जनले पहिले भन्दा अझ बढि गुणस्तरीय र प्रभावकारी सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणहरु लाई दिने विश्वास कम्पनीले लिएको छ ।

छ महिनाअघि सञ्चालनमा ल्याएको ज्योतिबोटले विभिन्न कम्पनीको वेबसाइट, फेसबुक पेजका साथै मोबाइल एपबाटै विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ ।

जस्तैः बीमित र अभिकर्ता सम्बन्धी जानकारी, कम्पनीको बीमा योजनासम्बन्धी जानकारी र सोको प्रतिक्रिया, हेल्पडेस्क, डाउनलोड तथा अन्य सेवाको जानकारी स्वचालित रुपमै दिँदै आएको र सोही सुविधालाई अझ बढी सहज गराउन अनलाइन भुक्तानी, दाबी प्रक्रिया तथा वैदेशिक रोजगार सम्बन्धी अनलाइन लगइन सम्बन्धमा थप जानकारी पनि राखिएको र सेवाग्राहीले सोझै च्याट मार्फत् आफ्ना विवरण जस्तै; सम्पर्क नम्बर, ठेगाना, इमेल, हकवालाको नाम, स्थाई लेखा नम्बर, बैंक खाता नम्बर, जन्म मिति अद्यावधिक गर्ने तथा लाइसेन्स नवीकरण सम्बन्धी जानकारी लिन सकिने साथै ग्राहकबर्गले च्याटबटको सूचीबाहेक लेखेर सोधिएको प्रश्नहरु पनि ज्योतिबोटले किबोर्ड प्रोसेसिङ्ग गरी जिज्ञसााको उत्तर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सेवाग्राहीलाई गुणस्तरीय तथा प्रभावकारी रुपले सेवा प्रदान उद्देश्यले ज्योतिबोटको थप सुबिधा आरम्भ गरेको र निकट भविष्यमा अन्य सेवाहरु सम्बन्धि जानकारी दिने कुरामा आफ्ना सेवाग्राही, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई विश्वस्त हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL