Logo

ऋण-जीडीपी अनुपात : जापान विश्वको सबैभन्दा ठूलो ऋणी, के छ अमेरिका र चीनको अवस्था ?

ऋण-जीडीपी अनुपात : जापान विश्वको सबैभन्दा ठूलो ऋणी, के छ अमेरिका र चीनको अवस्था ?



जापानसँग विश्वको सबैभन्दा उच्च ऋण–जीडीपी अनुपात छ, त्यसैले जापान ऋण चक्रको केन्द्रमा छ । अमेरिकासँग निरपेक्ष सर्तहरूमा विश्वको सबैभन्दा बढी ऋण छ तर, सापेक्ष रूपमा जापानभन्दा धेरै राम्रो गरिरहेको छ । राष्ट्रिय ऋण अर्थतन्त्रको बलसँग असम्बद्ध देखिन्छ ।

काठमाडौं । रदरफोर्ड बी हेसलाई ऋणको बारेमा दुईवटा कुरा जानकारी थियो । संयुक्त राज्य अमेरिकाको १९ औं राष्ट्रपतिको रूपमा, उनले आफ्नो एकल कार्यकाल (१८७७–१८८१) को धेरैजसो समय एकदशक पहिले गृहयुद्धले छोडेको ठूलो आर्थिक ह्याङ्गओभरको सामना गर्न बिताए । सो समयमा राष्ट्रिय ऋण एक अभूतपूर्व ४ हजार प्रतिशत पुगेको थियो । र केही अति महत्वाकांक्षी रियल इस्टेट लगानीको परिणामको रूपमा हेससँग ऋणको केहि व्यक्तिगत ज्ञान पनि थियो ।

उनका लागि कुनै पनि अनुभव सुखद थिएन । जुलाई १३, १८७९ मा आफ्नो राष्ट्रपति कार्यकालको बीचको समयमा उनले आफ्नो डायरीमा विलाप गरे –‘हरेक मानिस, हरेक निगम र विशेष गरी प्रत्येक गाउँ शहर, प्रत्येक देश र राज्य ऋणबाट मुक्त होस् र ऋणबाट मुक्त हुन दिइयोेस् । जो ऋणी हो उ कठिन समयले बर्बाद हुन्छ ।’

अमेरिकी राष्ट्रिय ऋण : ३० ट्रिलियन

त्यो आतंक स्पष्ट रूपमा हेसका उत्तराधिकारीहरूमा अहिले रहेको छैन । अमेरिकाको राष्ट्रिय ऋण अहिले ३० ट्रिलियन डलरभन्दा बढी छ । धेरै अर्थशास्त्रीहरूले तर्क गर्छन् कि अमेरिकाको ऋण अधिक सान्दर्भिक हो, जुनमध्ये २३.५ ट्रिलियन डलर जनतासँग छ । कुनै पनि तरिकाले, अमेरिकासँग विश्वको सबैभन्दा ठूलो राष्ट्रिय ऋण हुनुको भिन्नता पनि छ ।

राष्ट्रिय ऋणको आकारको लागि मानक मापन भनेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को प्रतिशतको रूपमा व्यक्त गर्नु हो, अर्थात्, एक देशले एक वर्षमा उत्पादन गर्ने सबै उत्पादन र सेवाहरूको बजार मूल्य । ऋणले भेदभाव गर्दैन । विकसित र विकासोन्मुख देशहरू लगभग ऋणमुक्त देखिदा ऋणको चक्रमा देखिने एउटा देश हो जापान । विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान (२०२० मा ४५ ट्रिलियन जीडीपी) को ऋण–देखि–जीडीपी अनुपात २५६% छ । यसको मतलब जापानको राष्ट्रिय ऋण कुल वार्षिक आर्थिक उत्पादनको साढे दुई गुणा बढी छ । यो टोयोटाको धेरै लामो लाइन हो ।

जापान, सुडान, र ग्रीस २०० प्रतिशत क्लबमा

सन् २०१० मा जापान २०० अंक पार गर्ने पहिलो देश बन्यो । तुलनात्मक रूपमा पनि अन्य देशले यत्रो ऋण उठाउन सकेके छैनन् । तर जापान पछि त्यस प्रतीकात्मक थ्रेसहोल्डमा दुई अन्य देशहरू सुडान (२०९.९) र ग्रीस (२०६.७) प्रतिशत छन् ।

यस्तै (१३८%–२१०%) साना विकासशील अर्थतन्त्रहरू (केप भर्डे, सुरिनाम, र बार्बाडोस) र एउटा प्रमुख विकासशील अर्थतन्त्र इटाली (१५४.८%) रहेको छ । जो विश्वको नवौं ठूलो अर्थतन्त्र हो र विश्वव्यापी जिडीपीमा लगभग २.४ प्रतिशतको योगदान छ ।

यस्तै प्रमुख चौध देशहरूमा (१०९ देखि १३८ प्रतिशत) मा विश्वका केही ठूला अर्थतन्त्रहरू सहित ः क्यानाडा, फ्रान्स, स्पेन र संयुक्त राज्य अमेरिका रहेका छन् । जसको ऋण–देखि–जीडीपी अनुपात मोजाम्बिकभन्दा तल छ । अमेरिकी डेब्ट क्लकअनुसार अमेरिकाको ऋण–जीडीपी अनुपात मात्र १२८% छ ।

चौथो सर्कल (८३ देखि १०९ सम्म) मा २४ देशहरु रहेका छन् । जसमा बेलायत (१०८.५ प्रतिशत), साथै १०० प्रतिशतभन्दा कम ऋण अनुपात भएका १५ देशहरू छन् । यसमा अस्ट्रिया (८४.२%) र घाना (८३.५%) जस्ता उदीयमान अर्थतन्त्रहरू समावेश छन् ।

धेरै देशहरूले ऋण अनुपात कम गरेका छन्, पाकिस्तान (८३.४%) देखि पानामा (६२.२%) पाँचौं सर्कलमा, र छैटौंमा आर्मेनिया (६२.२%), मध्य अफ्रिकी गणतन्त्र (४६.५%) प्रतिशत छ भने चीनको ऋण ६८.९ प्रतिशत छ । यसरी हेर्दा ऋण देशहरूको आर्थिक अवस्थासँग असम्बद्ध देखिन्छ ।

राष्ट्रहरू र व्यक्तिहरूका लागि ऋण एकदमै समान नहुने भए तापनि एउटा कुरा के हो भने ऋण भुक्तानी गर्नुपर्छ । यदि ऋण बढ्दै जान्छ भने देशहरू ऋण संकटमा फस्ने डिफल्टर बन्ने जोखिम पनि हुन्छ । जसको परिणामस्वरूप देशमा गम्भीर वित्तीय उथलपुथल हुनसक्छ, । यसले नागरिकहरूका लागि धेरै त्रास र कठिनाइहरू सिर्जना हुन्छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL