काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका गभर्नर लिसा कुकलाई राजीनामा दिन आग्रह गरेका छन् । फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर नघटाएको भन्दै आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले उक्त निर्देशन दिएका हुन् । निर्देशनसँगै केन्द्रीय बैंकमाथि दबाब बढेको छ। “अब, कुकले गभर्नर पदबाट राजीनामा दिनुपर्छ,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल…