काठमाडौं । पोखरास्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक र प्रभु बैंकबीच सम्झौता भएको छ । दुई निकायबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकको स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता भएको हो ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५% देखी २०% सम्म छुट पाउने भएका छन । सो छुट सेवा सुविधा माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि का तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक श्री प्रकाश पौडेलको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।