काठमाडौं । नाडा अटो शो २०२५ लाई अझ आकर्षक बनाउन सेरेसले विशेष थ्रि एक्स अफर सार्वजनिक गरेको छ। प्रदर्शनी अवधिभर लागू हुनेगरी कम्पनीले ग्राहकले अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्ने गरी उक्त अफर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार थ्रिएक्स अफरमा तीन प्रमुख सुविधा समेटिएका छन्। यस अन्तर्गत ३ वर्षसम्मको सम्पूर्ण बीमा कभरेज, खरिदमा ३ गुणासम्मको नगद छुट, र बुकिङ रकमलाई ३ गुणा बराबरको फाइदा उपलब्ध हुनेछ। कम्पनीले यसलाई झन्झटरहित र किफायती स्वामित्व सुनिश्चित गर्ने योजनाका रूपमा प्रस्तुत गरेको छ।
प्रदर्शनीमा सेरेसको नयाँ इलेक्ट्रिक एसयुभी ‘मेरेम ३’ पनि सार्वजनिक गरिएको छ। आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री प्रदर्शनसहित तयार गरिएको यो मोडललाई भविष्यको मोबिलिटीको प्रतिकका रूपमा प्रस्तुत गरिएको छ।
नेपालकै पहिलो ईभीका रूपमा ४ हजार ६ सय ६० मिटर उचाइमा रहेको लोमान्थाङसम्म पुगेर इतिहास रचेको सेरेसले आफ्नो गाडी कठोर भौगोलिक परिस्थितिलाई सहजै सामना गर्न सक्षम रहेको पनि प्रमाणित गरिसकेको छ।
नाडा अटो शो २०२५ मा सेरेसको स्टलमा गएर आगन्तुकहरूले नयाँ ईभी नजिकैबाट अवलोकन गर्न सक्नेछन्। साथै, सीमित अवधिको विशेष अफरमार्फत ग्राहकले गाडी खरिदमा थप लाभ लिन सक्ने अवसर रहेको कम्पनीले जनाएको छ।