काठमाडौं । चीनको ‘चाइना काउन्सिल फर द प्रमोशन अफ इण्टरनेशनल ट्रेड’ (सिसिपिटिआई) तथा पोखरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलबीच द्विपक्षीय व्यापार विस्तार तथा प्रविधि हस्तान्तरणलगायत विषयमा सहकार्य गर्ने सहमति भएको छ । सिसिपिटिआईका महासचिव वाङ विरोङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग पोखरा उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्यसमितिका सदस्यबीच सोमबार पोखरामा भएको छलफलपछि सो सहमति भएको हो ।…