Logo

बिराटनगर विमानस्थलको धावनमार्ग विस्तार गरिँदै, अन्तरप्रदेश हवाइ उडानको इन्धनमा सहुलियत

बिराटनगर विमानस्थलको धावनमार्ग विस्तार गरिँदै, अन्तरप्रदेश हवाइ उडानको इन्धनमा सहुलियत



काठमाडौं । बिराटनगर बिमानस्थलको धावनमार्ग बढाईने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सोमबार बिराटनगरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै बिराटनगर विमानस्थलको धावनमार्ग बढाउने बताएका हुन ।

हाल १५ सय मिटरको धावनमार्गबाट उडान भईरहेको भन्दै मन्त्री भट्टराईले १ हजार मिटर थप गरेर २५ सय मिटर विस्तार गरिने बताएका हुन । उनले भने, ‘ धावनमार्ग बिस्तारसँगै नयाँ ढाँचाको आधुनिक टर्मीनल भवन समेत बनाउने छौं ।’ साथै उनले उक्त कार्य आगामी २०२५ भन्दा अगाडीनै सम्पन्न गर्ने गरी तयारी गरिरहेको बताएका छन ।

त्यस्तै मन्त्री भट्टराईले अन्तरप्रदेश उडान गर्ने हवाई सेवा कम्पनीलाई इन्धनमा सहुलियत दिने समेत बताएका छन । नेपाल नागरिक उड्यन प्राधिकरणद्वारा सोमबार आयोजित कार्यक्रममा विराटनगर विमानस्थलको विकास र विस्तार लागि पारिएको गुरु योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशको आर्थिक क्रियाकलापमा वृद्धि र काठमाडौंको हवाई ट्राफिक घटाउने सोचले आफूले कार्य गरिरहेको जानकारी दिएका छन ।

विराटनगर विमानस्थलवाट हिमाली उडान सेवा सुरु गर्न प्रदेश सरकार तथा स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउँदै उनले आगामी दिनमा साना जहाजको उडान प्रदेशको राजधानीबाट अन्य क्षेत्रमा हुने गरी काठमाडौंसँग प्रदेशको सम्पर्क उडान गर्ने नीति सरकारको रहेको बताए ।

त्यस्तै मन्त्री भट्टराईले विराटनगर तथा चन्द्रगढी विमानस्थलबाट बंगलादेशको शहीदपुर उडान चाँडै सुरु गर्ने तयारीकका साथ सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलको विस्तार र जग्गा अधिग्रहणको निर्णय यही महिनाभित्र गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन । साथै उनले प्रदेश सरकार विमानस्थलको धावन मार्ग विस्तारमा आवश्यक सहयोग गर्ने तयार रहेको समेत जानकारी दिएका छन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले तराईका विमानस्थलको विस्तार कार्य गुरु योजना अनुरुप भइरहेको बताउँदै यस क्षेत्रमा भू–उपग्रह आधारित भएर उडान हुने बताए । प्राधिकरणका इन्जिनियर प्रदीप अधिकारीले विमानस्थलको सन् २०४० सम्मको गुरुयोजना प्रस्तुत गर्दै ११ अर्ब लगानीमा विमानस्थलको हाल रहेको १२० विघा क्षेत्रफलमा ८३ बिघा जग्गा अधिग्रहण गरेमा २४ वर्षपछि व्यस्त समयमा प्रतिघण्टा १ हजार २०० हवाई यात्रुलाई सेवादिन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL