Logo

पेट्रोल र डिजलको मूल्य २ रुपैयाँले बढ्यो, हवाई इन्धन यथावत

पेट्रोल र डिजलको मूल्य २ रुपैयाँले बढ्यो, हवाई इन्धन यथावत



काठमाडौं । नेपाल आयल निगमले सोमबार राती १२ बजे देखि लागु हुने गरि पेट्रोल र डिजल र मट्टितेलमा २ रुपैयाँ बढाएको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट बढेको मूल्य आएकाले सोही अनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ । जस अनुसार पेट्रोलको मूल्य प्रति लिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजल प्रति लिटर ९७ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै हवाई इन्धन तथा एलपि ग्यासको मूल्य समेत बढेर आएको निगमले जनाएको छ । निगमले हवाई इन्धन तथा ग्याँसको मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL