काठमाडौं । कोरोना भाईरस संक्रमणको बेला ट्राभल एजेन्सीहरुले बढी भाडा लिएको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको हो । कोरोनाका कारण बिभिन्न मुलुकबाट नेपाल आउन नसकेका तथा भिषा अवधि सकिन लागेका नेपाली यात्रुहरुलाई उद्धार गर्ने क्रममा नेपाल वायुसेवा…