काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला काभ्रेबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो । जेनजीको प्रदर्शनको क्रममा नख्खु कारागारबाट उनी भागेका थिए ।