काठमाडौं । बहुचर्चित सुन तस्करी र व्यक्ति हत्याका नाइके चूडामणि उप्रेती गोरे पनि फरार भएका छन् । सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन् । सुन्धारा कारागारबाट फरा भएका गोरे साढे ३८ क्वीन्टल सुन काण्डमा जोडिएका थिए । मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रुपमा प्रयोग भएका उनको हत्या भएको पत्ता लगाएको थियो ।
जेनजीको प्रदर्शन उग्र बनेपछि सुन्धारास्थित केन्द्रीय कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरु भागेका थिए । सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका थिए ।