Logo

त्रिभुवन विमानस्थलमा भीआईपी कक्ष सेवा बन्द

त्रिभुवन विमानस्थलमा भीआईपी कक्ष सेवा बन्द



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी सुविधा आजदेखि बन्द गरिएको छ । विमानस्थल कार्यालयले सूचना टाँस्दै सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न अनुरोध गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हालको असहज परिस्थितिलाई मध्यनजर गर्दै काठमाडौंसहित विभिन्न सहरमा रोकिएका साधारण यात्रुलाई प्राथमिकता दिन भीआईपी कक्ष सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

प्राधिकरण स्रोतले भने, “यस निर्णयले अवस्थालाई सामान्य बनाउन सहयोग पुग्नेछ ।”

यसैबीच, विमानस्थलबाट आज नियमित उडान र अवतरण भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्