Logo

बालेनविरुद्ध हर्क साम्पाङले खोले फायर, भने-संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक

बालेनविरुद्ध हर्क साम्पाङले खोले फायर, भने-संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक



काठमाडौं । धरानका मेयर हर्क साम्पाङ्ले काठमाडौंका मेयर बालेन शाहविरुद्ध फायर खोलेका छन् । उनले बालेनमाथि संकटको बेलामा लुकेको र सडकमा आउन नसक्ने डरपोकको आरोप लगाएका छन् ।

जेनजीको आन्दोलन सफल भएपछि अन्तरिम सरकार गठनको लागि नेपाली सेनाले पहल लिएको बेलामा हर्कपनि काठमाडौं आएका छन् । उनले हिजो जंग्गी अड्डामा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका थिए । उनले युवाले बोलाएर आफू देशको नेतृत्व लिन काठमाडौं आएको स्पष्टीकरणसमेत दिएका छन् ।

आज फेशबुकमार्फत उनले बालेनको नाम नलिईकन आलोचना गरेका छन् । उनले भनेका छन्,‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफुलाई जिम्मा लगाएको अभिमत अरुलाई दिइपठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरुले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न बिकास ।’

युवा पुस्ताले बालेनलाई सरकारको नेतृत्व लिन सुझाएका छन् । तर, बालेनले अन्तरिम सरकारको नेतृत्वमा शुसीला कार्कीलाई समर्थन गरेका छन् । उनले अहिले प्रधानमन्त्रीको लागि दाबी गरिरहेका हर्कलगायतलाई पाँच वर्ष लामो समयसम्म काम गर्नेगरि तयारी गर्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्