Logo

संवैधानिक दायराभित्र रहेर समस्या समाधान गर्न राष्ट्रपति पौडेलकाे आग्रह, आन्दोलनकारीको माग सम्बोधन गर्न पहल भइरहेको दाबी

संवैधानिक दायराभित्र रहेर समस्या समाधान गर्न राष्ट्रपति पौडेलकाे आग्रह, आन्दोलनकारीको माग सम्बोधन गर्न पहल भइरहेको दाबी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिमा संवैधानिक दायराभित्र रहेर निकास खोज्न सबै पक्षलाई अपिल गरेका छन् ।

बुधबार जारी वक्तव्यमा उनले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न निरन्तर विचार–विमर्श र प्रयास भइरहेको बताएका छन् ।

राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको समाधानतर्फ सरकार लागिपरेको विश्वास दिलाए । उनले संयमित रहँदै मुलुकमा शान्ति र स्थिरता कायम गर्ने काममा सबै पक्षको सहयोग अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्