Logo

प्रदर्शनपछि देशभर कैदीबन्दी फरार, तत्काल आत्मसमर्पण गर्न नेपाल प्रहरीको आग्रह

प्रदर्शनपछि देशभर कैदीबन्दी फरार, तत्काल आत्मसमर्पण गर्न नेपाल प्रहरीको आग्रह



काठमाडौं । भाद्र २३ गतेपछि देशभर भएका प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय, इकाई र कारागारहरूमा तोडफोड तथा आगजनी भएपछि कैदीबन्दी र हिरासतमा रहेका अभियुक्तहरू फरार भएका छन् ।

नेपाल प्रहरीले बुधबार सूचना जारी गर्दै फरार भएका अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाई वा अन्य सुरक्षा निकायका कार्यालयमा शीघ्र सम्पर्क गरी आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

प्रहरीले यथाशीघ्र सम्पर्कमा आउन नसके कानूनी कारबाही हुने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्