काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर प्रदान गरेको छ। गर्मी मौसममा अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको सहज पहुँच सुनिश्चित गर्न बैंकले उक्त सहयोग गरेको हो। असार २७ गते शुक्रबार आयोजित कार्यक्रमका अवसरमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनिष…