Logo

मुद्रास्फीति ५ प्रतिशत र कम्तिमा ७ महिनाको आयात धान्नेगरी र विदेशी मुद्रा संचिति कायम गर्ने लक्ष्य, कर्जा वृद्धिदर १२ प्रतिशत

मुद्रास्फीति ५ प्रतिशत र कम्तिमा ७ महिनाको आयात धान्नेगरी र विदेशी मुद्रा संचिति कायम गर्ने लक्ष्य, कर्जा वृद्धिदर १२ प्रतिशत



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ मा मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा कायम राख्ने लक्ष्य निर्धारण गरेको छ । गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले प्रस्तुत गरेको यो नीतिमा मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा कायम राख्ने र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति सुनिश्चित गर्ने लक्ष्य राखेको बताए ।

नेपाल सरकारको बजेट वक्तव्यअनुसार ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक तरलता र विदेशी विनिमय व्यवस्थापनमा जोड दिइएको छ।

नीतिमा विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२.० प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्