Logo

माछापुच्छ्रे बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण

माछापुच्छ्रे बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण



काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर प्रदान गरेको छ। गर्मी मौसममा अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको सहज पहुँच सुनिश्चित गर्न बैंकले उक्त सहयोग गरेको हो।

असार २७ गते शुक्रबार आयोजित कार्यक्रमका अवसरमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनिष उपाध्याय र स्वास्थ्य तालिम केन्द्र, धनगढी–कैलालीका महाप्रबन्धक नरेन्द्र सिंह कार्की ले संयुक्त रूपमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टलाई वाटर चिलर हस्तान्तरण गरेका थिए।

महाकाली प्रादेशिक अस्पतालमा दैनिक सयौं सेवाग्राहीको आगमन हुने भए पनि स्वच्छ पिउने पानीको व्यवस्था नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको जानकारीपछि बैंकले यो सहयोग गर्ने निर्णय गरेको हो।

बैंकले यो कदमबाट अस्पतालमा आउने सर्वसाधारणले प्रत्यक्ष रूपमा राहत महसुस गर्ने अपेक्षा गरिएको छ। माछापुच्छ्रे बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् व्यवस्थापन तथा समावेशी आर्थिक पहुँचका क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर योगदान दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्