काठमाडौं । उच्च मूल्यको निरन्तर रेकर्ड बनाएको सुनको भाउ पछिल्लो समय केही घटेको छ । भाउ केही घटेपनि अहिलेको मूल्य पनि निकै उच्च नै हो । बुधबार सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा करोबार भइरहेको छ । सुनको मूल्य उच्च रुपमा बढेसँगै सुन धितो राखेर हुने कर्जा प्रवाह पनि बढेको छ ।…