काठमाडों । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले प्रस्तुत गरेको यो नीतिमा आर्थिक स्थायित्व, वित्तीय समावेशिता र दिगो विकासलाई प्राथमिकता दिँदै ब्याजदरमा लचकता अपनाएको छ ।
मौद्रिक नीतिको कार्यदिशा अनुसार, बैंक तथा वित्तीय संस्थाहरूमा तरलता व्यवस्थापन, विदेशी विनिमय सञ्चिति सुदृढीकरण र वित्तीय पहुँच विस्तारमा जोड दिइएको छ। नीतिमा ग्राहक पहिचान प्रक्रियालाई थप सहज बनाउँदै डिजिटल बैंकिङ प्रवर्द्धन र वित्तीय जोखिम न्यूनीकरणका उपायहरू समावेश छन्। साथै, क्षेत्रगत कार्य र विपन्न वर्गको उत्थानलाई प्राथमिकता दिइएको छ। नेपाल राष्ट्र बैंकले यो नीतिमार्फत आर्थिक स्थिरता र समृद्धिको आधार तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।