काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा घरकर्जाको सीमा वृद्धि गरिएको छ। गभर्नर डा. विश्व पौडेलले मौद्रिक नीति प्रस्तुत गर्दै हालसम्म दुई करोड रुपैयाँ रहेको घरकर्जाको सीमा अब तीन करोड रुपैयाँ पुर्याइएको जानकारी दिएका छन्।
उनका अनुसार पहिलोपटक घर निर्माण गर्ने वा खरिद गर्ने व्यक्तिले कुल लागतको ८० प्रतिशतसम्म कर्जा पाउन सक्नेछन् भने अन्य व्यक्तिहरूले ७० प्रतिशतसम्म कर्जा लिन सक्नेछन्।
गभर्नर पौडेलले बैंकिङ प्रणालीमा पर्याप्त तरलता र न्यून ब्याजदर रहेको भन्दै नागरिकले यसबाट फाइदा लिन सक्ने अवस्था भएको बताए।