काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तरमा सुधार ल्याउन मूल्यांकन प्रक्रिया सुरु गर्ने घोषणा गरेको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक सम्पत्तिको वास्तविक अवस्था पहिचान गर्न गुणस्तर मूल्यांकन गरिने बताएका हुन्।