Logo

मौद्रिक नीति सार्वजनिक : राष्ट्र बैंकद्वारा बैंक दर, निक्षेप दर र नीतिगत दरमा कटौती

मौद्रिक नीति सार्वजनिक : राष्ट्र बैंकद्वारा बैंक दर, निक्षेप दर र नीतिगत दरमा कटौती



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत बैंक दर, निक्षेप दर र नीतिगत दरमा कटौती गरेको छ।

नयाँ नीतिअनुसार बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरिएको छ। यस्तै, निक्षेप दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत र नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको गभर्नर डा. विश्वनाथ पौडेलले बताए । राष्ट्र बैंकको यो निर्णयले बजारमा तरलता व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्