काठमाडौं । बजारमा प्रयोग हुँदै आएका थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न औषधि विभागले आग्रह गरेको छ । राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड विपरीत पाएको भन्दै औषधी व्यवस्था विभागले सोमबार सार्वजनिक सूचनानै जारी गरी प्रयोग नगर्न अनुरोध गरेको छ । मानव स्वास्थ्यमा नकरात्मक असर पर्ने गरी विषाक्त…