Logo

सुजुकीको ‘पर्वोत्सव’ ग्राहक योजना, ३ लाख ५० हजार रुपियाँ नगद छुटसहित थप उपहार

सुजुकीको ‘पर्वोत्सव’ ग्राहक योजना, ३ लाख ५० हजार रुपियाँ नगद छुटसहित थप उपहार



काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले असोजदेखि ११ सुरु हुने गरी दशैं तिहारका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत ग्राहकले ३ लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसोरिजहरु निःशुल्क पाउने छन् ।

कुनैपनी व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिइ बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार पाउने छन् ।

नेपालभर रहेका सुजुकी गाडीका ३६ वटै शोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् ।

सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्,वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ । यो योजना सिमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL