Logo

पर्यटन क्षेत्रमा कोरोना असर, सोल्टी होटलबाट बाहिरियो विदेशी लगानीकर्ता

पर्यटन क्षेत्रमा कोरोना असर, सोल्टी होटलबाट बाहिरियो विदेशी लगानीकर्ता



काठमाडौं । सोल्टी होटलबाट विदेशी लगानीकर्ता बाहिरिएको छ । कोरोना महामारीका कारण पर्यटन क्षेत्र धराशायी भैरहेको बेला पाँचतारे होटल सोल्टीबाट विदेशी लगानीकर्ता ‘होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेड’ बाहिरिएको हो ।

हङ्कङमा अवस्थित सो कम्पनीले आफ्नो स्वामित्वमा रहेको १० प्रतिशत सेयर बिक्री गरेर बाहिरिएको हो । कम्पनीले कुल ८४ लाख २५ हजार कित्ता सेयर बल्कमा बिक्री गरेर बाहिरिएको हो ।

सोल्टीको सो सेयर प्रतिकित्ता ५६ रुपैयाँ ६ पैसामा कुल ४७ करोड २३ लाख ४५ हजार रुपैयाँमा सेयर बिक्री गर्दै उक्त वैदेशिक लगानी फिर्ता लगेको हो ।

यसअघि वैदेशिक लगानी रहेको सो होटल अब पूर्ण रुपमा नेपाली लगानी रहनेछ । कम्पनीले उक्त सेयर भिजन सेक्युरिटीजमार्फत उक्त होटलको अर्को लगानीकर्ता सोल्टी इन्टरप्राइजेजलाई बिक्री गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL