Logo

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दती खाता, यस्ता छन् सुविधा

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दती खाता, यस्ता छन् सुविधा



काठमाडौँ । ग्लोबल आइएमई बैंकले महिलाहरूलाई आर्थिकरुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ ।

‘मेरी उनीलाई’ मुद्दती योजनाले, महिलाहरूका नाममा बचत गर्न, महिलाहरूलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाता बाहक महिलाहरूलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिकरुपमा महिलाहरूलाई सबल बनाउन, सहयोग पुर्याउने बैंकले जनाएको छ ।

एक लाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ । यो मुद्दती योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकता अनुसार पटक पटक रकम थप गर्न पनि सकिने व्यवस्था छ ।

बैंकले यो खातासँगै निःशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दश लाख भन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकहरूलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ ।

यस योजना अन्तर्गत मुद्दती खाता खोल्ने ग्राहकहरूले होम लोनको प्रोसेसिङ्ग शुल्कमा शतप्रतिशत छुट पाउने बैंकले जनाएको छ । यस्तै निश्चित रकमसहित मुद्दती खाता खोल्ने प्रतिबद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइनेछ ।

यो मुद्दती खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुसी ल्याउने र महिलाहरूलाई सामाजिक, आर्थिक र मानसिक रूपमा सबल बनाउने कुरामा पनि बैंक विश्वस्त रहेको छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवामा अतिरिक्त सुविधाहरू प्रदान गर्ने उद्देश्यले समय–समयमा यस्ता योजनाहरू ल्याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL