Logo

आईतबार १५७३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

आईतबार १५७३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु



काठमाडौं । आइतबार थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ८ सय ८५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ।

आज मृतक १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ४ सय ७७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। साथै आज १० हजार १ सय २३ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL