काठमाडौं । पछिल्लो समय चिनियाँ लगानीकर्ताहरु नेपालमा कार्गाे ह्याण्डलिङ सेवामा आकर्षित भएको देखिन्छ । नेपालमा साना लगानीका उद्योगमा हात हाल्दै लगानीको वर्चस्व जमाउन खोजेको चीनले पछिल्लो समय भने कार्गाेसम्बन्धी व्यवसाय गर्नमा चाख राखेको देखिएको हो । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक बर्षमा मात्रै चीनबाट २३ ओटा परियोजना कार्गाे ह्याण्डलिङसँग सम्बन्धित दर्ता भएका छन्…