Logo

रावा इनर्जीले आइपीओ निष्कासन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

रावा इनर्जीले आइपीओ निष्कासन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौतामा रावा इनर्जीका अध्यक्ष बद्रीप्रसाद गौतम तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले खोटाङको केपिलासगढी गाउँपालिकामा अवस्थित रावाखोलामा माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना निर्माण गरेको छ । तीन मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माणकार्य सम्पन्न गरिसकेको छ ।

कम्पनीले हाल कायम जारी पुँजी २० करोड रुपैयाँमध्ये स्थानीयका लागि १० प्रतिशतबापत दुई करोड रकमबराबरको दुई लाख कित्ता र सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि एक करोड ९९ लाख रुपैयाँबराबरको एक लाख ९९ हजार कित्ता गरी कुल तीन लाख ९९ हजार कित्ता बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL