Logo

थप २७ हार्मोनी कोडबाट हुने आयातमा नगद मार्जिन, थपियो कपडादेखि माछामासुसम्म

थप २७ हार्मोनी कोडबाट हुने आयातमा नगद मार्जिन, थपियो कपडादेखि माछामासुसम्म



काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातलाई थप कडाई गरेको छ । राष्ट्र बैंकले आज एक सुर्कलर जारी गर्दै थप २७ वटा होर्मोनिक कोड भएका बस्तु आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो ।

laxmi

जस अनुसार आबका दिनमा कुल ४७ वटा होर्मोनिक (एचएस) कोडबाट आयात हुने वस्तुको लागि एलसी खोल्दा ५० प्रतिशत र शत प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले यसअघि नै विभिन्न २० वटा हार्मोनिक कोडबाट आयात हुने वस्तुहरु आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

अबका दिनमा तयारी पोशाक तथा कपडा, माछा मासु, ड्राइ फुडलगायतका बस्तु आयातमा समेत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो । त्यस्ता हार्मोनी कोडबाट आयात गर्दा केहीमा ५० प्रतिशत नगद मार्जिन भएपनि धेरैजसोमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिदिएको छ ।

राष्ट्र बैंकका अनुसार अबका दिनमा विभिन्न तयारी पोशाक तथा अन्य कपडाहरु आयात गर्दा खोलिने एलसीमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने छ भने ड्राइ फुडलगायतका बस्तु आयात गर्दा शतप्रतिशते शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भएको छ ।

जस अनुसार ६०, ६१, ६२ र ६३ बाट सुरु हुने हार्मोनी कोडका वस्तुहरुको आयातको आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने छ भने त्यसबाहेक अन्य २३ वटा हार्मोनिक कोडबाट सुरु हुने वस्तु आयात गर्न एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने राष्ट्र बैंकद्वारा जारी निर्देशनमा उल्लेख छ ।

[googleapps domain=”drive” dir=”file/d/1aOr-1pdchTDEpguHbXrqS_Jp_mAMA9ys/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL