Logo

फोनपे नेटवर्कमा प्रभुपे आबद्ध, डिजिटल भुक्तानीमा ठूलो उपलब्धिको अपेक्षा

फोनपे नेटवर्कमा प्रभुपे आबद्ध, डिजिटल भुक्तानीमा ठूलो उपलब्धिको अपेक्षा



काठमाडौँ । फोन पे पेमेन्ट सर्भिस र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभु पेबीच सहकार्य भएको छ । बुधबार आयोजित एक कार्यक्रमकाबीच दुई कम्पनीले आपसमा सहकार्यको सम्झौता गरेका हुन् । यस सम्झौतासँगै प्रभुपे फोनपेको नेटवर्कमा आबद्ध भएको छ ।

यससँगै, प्रभु पेका प्रयोगकर्ताले फोनपेको क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न सक्नेछन् । यस सहकार्यबाट डिजिटल भुक्तानीमा ठूलो उपलब्धी हुने अपेक्षा कम्पनीहरूले गरेका छन् ।

कार्यक्रममा फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले प्रभु पेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माणमा ठूलो भूमिका खेल्ने बताए । उनले भने, ‘राष्ट्र बैंकले पनि अन्तरआबद्धतालाई जोड दिएको र हामीले पनि दिएकाले यस प्रकारको सहकार्य सम्भव बन्यो ।’

आफूहरूको मूख्य चुनौती भनेको नै क्यास भएकाले डिजिटल कारोबार गर्ने कम्पनीहरू आपसमा मिलेर जाने उनको भनाई छ । दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढी मर्चेन्ट छन् ।

बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायक डेढ करोड बढी मोबाइल बैकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् ।

यस्तै, पछिल्ला दिनमा डिजिटल कारोबारलाई अगाडी बढाइरहेको प्रभु पे सात लाखभन्दा बढी प्रयोगकर्ताले प्रयोग गर्दै आइरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL