काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन् । करिव २५ दिन अघि उनले प्रतिनिधिसभामार्फत राजीनामा दिएका थिए । पुनः उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । बजेट निर्माणका क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेका उनको छानविन गर्नका लागि संसदीय छानबिन समिति गठन भएको…