Logo

सुधारको बाटोमा सेयर बजार, परिसुचक ५४ अंकले बढ्दा ४ अर्ब ६० करोडको कारोबार

सुधारको बाटोमा सेयर बजार, परिसुचक ५४ अंकले बढ्दा ४ अर्ब ६० करोडको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५४.५८ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवाति देखि नै उकालो लागेको बजार उच्च अंकले बढ्दा नेप्से २१ सय ९५ को विन्दुमा पुगेर रोकिएको छ ।

laxmi

बजारमा कारोबार भएका सबैजसो समुहका परिसुचकहरु आईतबार उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी वृद्धि भने जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचकमा ४१२ अंकको वृद्धि हुँदा निर्जीवन बीमा समुहको परिसुचक ३७४ अंकले उकालो लागेको छ ।

यस्तै उत्पादनमुलक समुहको परिसुचकमा ९८ अंकको वृद्धि देखिँदा होटल तथा पर्यटन ८०, व्यापार ७५, लघुवित्त ५४, अतिरिक्त ५२ र विकास बैंक समुहको परिसुचक ३१ अंकले बढेको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा भने आज ४० अंकको वृद्धि देखिन्छ ।

आज दिनभर २ सय २० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रुपैयाँ पुगेको छ ।

आज बजार उच्च अंकले बढेसँगै नेपाल ईन्स्योरेन्स, नेको ईन्स्योरेन्स, आइएमई जनरल ईन्स्योरेन्सलगायत ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL