काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सहरका अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ । संघले सबै सेवाप्रदायक, प्रहरी, काठमाडौं महानगरपालिकालगायतको समन्वयमा पहिलोपटक सिंहदरबार आसपासबाट यसको सुरुवात गरेको हो । नेपाल विद्युत प्राधिकरणले २ हप्ता अघिमात्रै यस्ता अव्यवस्थित तार हटाउन निर्देशन दिएको थियो । प्राधिकरणले नहटाए आफै काटिदिने चेतावनी दिएपछि केवल सेवाप्रदायकहरु केहि रुष्ट…