Logo

प्राधिकरणको निर्देशनपछि अव्यवस्थित तार हटाउन सुरु, सुरुवातमा सिंहदरबार वरीपरी व्यवस्थापन गरिँदै

प्राधिकरणको निर्देशनपछि अव्यवस्थित तार हटाउन सुरु, सुरुवातमा सिंहदरबार वरीपरी व्यवस्थापन गरिँदै



काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सहरका अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ । संघले सबै सेवाप्रदायक, प्रहरी, काठमाडौं महानगरपालिकालगायतको समन्वयमा पहिलोपटक सिंहदरबार आसपासबाट यसको सुरुवात गरेको हो । नेपाल विद्युत प्राधिकरणले २ हप्ता अघिमात्रै यस्ता अव्यवस्थित तार हटाउन निर्देशन दिएको थियो । प्राधिकरणले नहटाए आफै काटिदिने चेतावनी दिएपछि केवल सेवाप्रदायकहरु केहि रुष्ट पनि बनेका थिए ।

आइस्पानले तार व्यवस्थापनको दीर्घकालिन समाधान पूर्वाधार कम्पनी भएपनि अल्पकालिन रुपमा तार व्यवस्थापना गर्न लागिएको जानकारी दिएको छ ।

राउटर, रिपिटर, अप्टिकल फाइबर डिस्ट्रिब्यूसन बक्स–ज्वाइन्ट क्लोजर जस्ता उपकरणहरू पोलको एउटै मात्र साइडमा क्रमैसँग मिलाएर गर्ने, नहल्लिने गरी जडान गर्ने र सफासँग क्लिप, ब्याण्ड प्रयोग गरी वायरिङ्ग गर्नुपर्ने विद्युत प्राधिकरणको मापदण्ड छ । यस्तै प्रयोगमा नरहेका सम्पूर्ण अप्टिकल फाइबर तथा कोक्सिअल केबल तथा अन्य उपकरणहरू तत्काल हटाउनु पर्ने जनाएको छ ।

हाल आइस्पानले प्राधिकरणले भनेबमोजिम नै रामशाहपथ, पुतलीसडकलगायतका क्षेत्रमा तार व्यवस्थापन गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL