Logo

पतञ्जली फुड्सको नाफा ३१ प्रतिशतले घट्यो, राजस्व ४२ प्रतिशतले वृद्धि

पतञ्जली फुड्सको नाफा ३१ प्रतिशतले घट्यो, राजस्व ४२ प्रतिशतले वृद्धि



काठमाडौं । बाबा रामदेवको कम्पनी पतन्जली फुड्सको खुद नाफा दोस्रो चौमासिकमा ३१.६ प्रतिशतले घटेको छ । शनिबार कम्पनीले जारी गरेको आर्थिक बर्ष २०२२/२३ को दोस्रो चौमासिक वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा जम्मा १ अर्ब १२ करोड भारतीय रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक बर्ष अर्थात आव २०२१/२२ मा कम्पनीले १ अर्ब ६४ करोड भारु नाफा कमाएको थियो ।

laxmi

तर, यस अवधिमा गत आवको तुलनामा कम्पनीको राजस्वमा भने ४२ प्रतिशतको वृद्धि देखिएको छ । गत आवको दोस्रो चौमासिकमा कम्पनीले ५९ अर्ब ९५ करोड रुपैयाँ राजस्व उठाएकोमा यो बर्ष ८५ अर्ब १४ करोड रुपैयाँ आम्दानी भएको हो ।
पहिलो चौमासिकमा आम्दानी भएको कुल रकमको तुलनामा दोस्रो चौमासिकको आम्दानीमा ४१.८२ प्रतिशतको वृद्धि देखिन्छ । दोस्रो त्रैमासमा कम्पनीले ६० अर्ब रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।

तर, कम्पनीले व्याज, किस्ता, मूल्यह्रास, परिशोधनलगायत कटाएर २ अर्ब ५ करोड रुपैयाँ कमाएको छ । त्यसका कम्पनीले कर तथा राजस्व तिरेपछि बाँकी रहेको रकम नाफामा गनिएको थियो ।

पतन्जली फुड्स खासगरी खानेतेल उत्पादक रुची सोया कम्पनीको माउ कम्पनी हो । पछिल्लो समय विश्वबजारमा खाद्यपदार्थमा घटेको मार्जिनका कारण खानेतेलमार्फतको नाफा घटेको कम्पनीले जनाएको छ । पछिल्लो ३ महिनामा खानेतेलको मूल्यमा प्रतिटन ४ सयदेखि ५ सय डलरले गिरावट आईसकेको छ ।

यस्तै बढिरहेको मुद्रास्फीतिका कारण पनि तेल बजारमा खासै नाफा नरहेको कम्पनीको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL