Logo

काठमाडौंका दुई स्थानमा फाइभजीको पूर्व परिक्षण शुरु, सातै प्रदेशमा परिक्षण गर्ने टेलिकमको तयारी

काठमाडौंका दुई स्थानमा फाइभजीको पूर्व परिक्षण शुरु, सातै प्रदेशमा परिक्षण गर्ने टेलिकमको तयारी



काठमाडौं । नेपाल टेलिकमले काठमाडौंको सुन्धारा र बबरमहल कार्यालयबाट फाइभजीको पूर्व परिक्षण गरिरहेको छ । पछिल्ल्लो डेढ सातादेखि २ कार्यालयबाट यसको पूर्व परिक्षण गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

laxmi

गत बर्ष कात्तिकमा नेपाल टेलिकमले सरकारबाट फाइभजी परिक्षणको अनुमति पाएको थियो । त्यसका लागि आवश्यक उपकरण असोज पहिलो सातामात्रै नेपाल आईपुगेपछि बबरमहल कार्यलय र सुन्धारा कार्यलयमा यसको जडान गरी परिक्षण गरिरहेको टेलिकमका सहायक प्रवक्ता रन्जीत लोहियाले बताए ।

सरकारले नेपाल टेलिकमलाई नेपालभरका मुख्य ४ शहरमा फाइभजी परिक्षणको लागि अनुमति दिएको थियो । सोही अनुसार टेलिकमले फाइभजीका लागि आवश्यक उपकरणहरु नेपालमा ल्याईपुर्याएको छ । तर, हाल काठमाडौंका २ कार्यालयमा जडान गरी परिक्षण भईरहेको यसको सफल परिक्षण पछि अन्य स्थानमा जडान गरी परिक्षण गरिने उनले बताए ।

‘हामीले काठमाडौंकै २ कार्यालयमा उपकरण जडान गरेर यसको पूर्व परिक्षण गरिरहेका छौं,’ २ स्थानमा सफल भईसकेपछि पुनः हामी तोकिएका अन्य स्थानमा पनि यसको जडान गरी परिक्षणको काम अघि बढाउनेछौं ।’

गत बर्षको कात्तिकमा परिक्षण अनुमति पाएको टेलिकमले नेपालका विभिन्न ४ स्थानबाट फाइभजी परिक्षणको तयारी गरोको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमलाई फाइभ जी परिक्षणको अनुमति दिएपछि नेपाल दूरसंचार प्राधिकरणले यसको कार्यविधिसमेत बनाएको थियो । जसमा कुनै दूरसंचार सेवाप्रदायक कम्पनीले फाइभजी परिक्षणको अनुमति लिएको ३ महिनामा उपकरण आयात गरी परिक्षण नै गरिसक्नुपर्ने उल्लेख छ ।

नेपाल टेलिकमले पनि सोही कार्यविधि अनुसार गत बर्ष माघभित्रै उपकरण आयात गरी परिक्षण गरिसक्नुपर्ने थियो । कोरोना महामारीका कारण विश्व बजारमा आईपरेको कन्टेनर अभावको समस्याले भनेबमोजिम समयमै उपकरण आपुर्ति हुन सकेन । जसका कारण तोकिएको समयभन्दा किेहि ढिलाई भएको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले फाइभ जी परीक्षणका लागि काठमाडौं, पोखरा, विराटनगर र नेपालगंजलाई तोकेको छ । पहिलो चरणमा टेलिकमले उक्त ४ स्थानमा फाइभजीका लागि आवश्यक बीटीएस टावर निर्माण गरी परिक्षण गर्नेछ ।

टेलिकमले फाइभजी संचालनका लागि २६ सय मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ ।

यसरी अनुमति र फ्रिक्वेन्सीसमेत उपलब्ध गराएको हालसम्म १ बर्ष पुगेको छ । यसबीचमा टेलिकमले फाइभजी परिक्षणका लागि आवश्यक उपकरणहरु आयात गर्ने स्विकृति टेलिकमको फोरजी विस्तार गरिरहेका कम्पनीलाई दिएको थियो ।
यसअघि फोरजी सेवा विस्तार गरिरहेका जेडटीई र हुवावेले नै फाइभजी परिक्षणका उपकरण ल्याएर जडान गर्दैछन् । फोरजीको सम्झौता हुँदा नै फोरजी विस्तार गरिरहेका कम्पनीहरुले निःशुल्क फाइभजी परिक्षण गरिदिनुपर्ने उल्लेख छ । सोहीअनुसार नै जेडटीई र हुवावेले उपकरण ल्याएर परिक्षणको काम गरिरहेको टेलिकमले जानकारी दिएको छ ।

चालु बर्ष सातै प्रदेशमा फाइभजी परिक्षण

टेलिकमले चालु बर्ष नेपालभरका विभिन्न सातै प्रदेशका एक एक स्थानमा फाइभजी परिक्षण गर्ने योजना बनाएको छ । यसअघि नेपालका ४ स्थानमा मात्रै फाइभजीको परिक्षण गर्ने घोषणा गरेको टेलिकमले थप ३ स्थानमा पनि परिक्षणको तयारी गरिरहेको टेलिकमका सहायक प्रवक्ता लोहियाले बिजखबरलाई बताए ।

हाल नयाँ ३ स्थानको अन्तिम टुंगो नलागेपनि यसै बर्ष ७ स्थानमा परिक्षणको तयारी भईरहेको उनले बताए । हाल भने काठमाडौं, पोखरा, विराटनगर र नेपालगंजमा परिक्षण गर्नका लागि मात्रै उपकरण आईपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL