काठमाडौं । दस वर्षभन्दा लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पुनः अघि बढेको छ । विसं २०६७ देखि बन्द भएर खारेज भएको सो आयोजनालाई नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा सकारेपछि पुनः निर्माण प्रक्रिया थालिएको हो । चार दशमलव पाँच मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि आज कम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव…