काठमाडौं । नेपालको उपभोक्ता मुल्यवृद्धि ८.०८ प्रतिशत पुगेको छ । गत आर्थिक बर्षभरी निम्तिएका बाह्य तथा आन्तरिक कारणले नेपालमा मुल्यवृद्धि उच्च भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो । राष्ट्र बैंकले मंगलबार गत आर्थिक बर्षभरीको तथ्यांक सार्वजनिक गर्दै २०७८ सालको असारमा ४.१९ प्रतिशत रहेको यस्तो मुल्यवृद्धि २०७९ को असारसम्म आईपुग्दा ८.०८ प्रतिशत पुगेको बताएको हो…