Logo

एमालेलाई झड्का, महासचिव शंकर पोखरेल माओवादीकी रेखा शर्मासँग पराजित

एमालेलाई झड्का, महासचिव शंकर पोखरेल माओवादीकी रेखा शर्मासँग पराजित



काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छन् ।

उनी नेकपा एमालेका महासचिव शंकर पोखरेललाई करिब २ सय मतान्तरले हराउँदै पतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

शर्माले नेकपा (एमाले)का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरिन् ।

बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार शर्माले २६ हजार ८७७ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी पोखरेलले २६ हजार ६८१ मत पाए ।

प्रतिक्रिया दिनुहोस्
MBL