Logo

नेपाल लाइफले गर्याे ५ अर्ब मृत्यु दावी भुक्तानी, गत आव ९९ प्रतिशत दावी भुक्तानी

नेपाल लाइफले गर्याे ५ अर्ब मृत्यु दावी भुक्तानी, गत आव ९९ प्रतिशत दावी भुक्तानी



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्म ५ अर्ब ३ करोड रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्रि बनाएको छ । यसै क्रममा कम्पनीले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीका अनुसार प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको बताए ।

यस्तै गत आर्थिक वर्ष २०७८/७९ कम्पनीले ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ । सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने कुरा सहर्ष जानकारी गराएको छ ।
२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ४२ अर्व ९ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL